१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि ग्राउण्डेड



अ+ अ-

काठमाडौं । कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाज अवतरण भई पार्किङ लगेर राखिसकेपछि दायाँ तर्फको इन्जिनमा चराको प्वाँख देखिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

विमानमा चरा ठोकिएको बारे कतार एअरवेजका एअरपोर्ट म्यानेजर अर्पन दवाडीले भने, ‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमानलाई ग्राउण्डेड गरिएको छ । कतारबाट इञ्जिनियरहरुको टोली नेपाल हिँडिसकेको छ र प्राविधिक टोलीले जाँच गरेपछि विमानमा के कति क्षति भएको भन्ने थाहा हुन्छ ।’

उनीहरु अपरान्ह तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको उनले बताए ।