१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्तिपुरमा मिनि ट्रक दुर्घटना



अ+ अ-

किर्तिपुर । किर्तिपुरको नवगाउमा मिनि ट्रकले पार्किङ गरि राखेको स्कुटरलाई ठक्कर दिएको छ । आईतबार दिउँसो बा ३ ख ५११२ नम्बरको मिनि ट्रकले पार्किङमा राखिएको बा ७३ प ५७१७ न्म्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

घर मर्मतका लागी चाहिने छड फलाम लिएर आयको मिनि ट्रकको ब्रेक फेल भएको हुनाले दुर्घटना भएको प्रहरीले बताएका छन् । ठक्करबाट स्कुटरको पुर्ण रुपमा क्षति भएको छ भने मिनि ट्रक पनि क्षतिग्रष्त भएको छ । दुर्घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन् ।