१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएम ह्‍याक प्रकरणः करिब साढे दुई करोड रकम चोरीयो



अ+ अ-

काठमाडौं । विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो । प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई पक्राउ गरेको हो ।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।