१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको स्वास्थ्य क्लिनिकमा आगलागी २४ को मृत्यु



अ+ अ-

एजेन्सी ।  जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको  आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ । शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।  

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।  यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।