१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहमास खतरनाक आँधीको चेतावनी



अ+ अ-

काठमाडौं । बहमासमा डोरियन हावाको कडा गतिबाट आउने खतरनाक आँधीको चेतावनी दिइएको छ ।

अमेरिकामा आँधी सम्बन्धी सूचना दिने निकाय ‘नेशनल हुरिकेन सेन्टर’ले यसबारे सचेत गराएको छ । आँधीले आइतबार बहमासमा हान्ने बताइएको छ ।

आँधीको जोखिमसँगै बहमासका बासिन्दाहरु नियमित काम नै छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ जाने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय बाहेक अन्य विमानस्थल बन्द गरिएको छ ।