![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/death3-1000x667.jpg)
दमौली । तनहुँको भिमाद–७ राङरुङमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
भिमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु ४ त १४५० नम्बरको ट्याक्टरले स्थानीय १० वर्षीय बालक युनिस विकलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए ।
गम्भीर घाइते उनको भिमादस्थित भारम स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्याएको थियो । उपचार गर्ने क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।