२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता



अ+ अ-

काठमाडौं । प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् ।

एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा एक जनाको शवसमेत फेला परेको छ भने ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विज्ञप्तिमा जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अब समुद्रतट आसपास केन्द्रित गरिने भएको छ । समुद्रको तुलनामा तटीय क्षेत्रमा रहेका खोलाको पानी र समुद्री धाराले बगेका व्यक्तिहरू पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजीको क्षेत्र परिवर्तन गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुर्घटना तीव्र हावा र खराब समुद्री अवस्थासम्बन्धी चेतावनीलाई बेवास्ता गर्नु तथा डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिनुजस्ता लापरवाहीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भानुआटुको मौसम विज्ञान सेवाले डुङ्गा यात्रा गरेको दिन तीव्र हावा र उच्च समुद्री छालको चेतावनी जारी गरेको थियो । दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु उत्तरी अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा रहेको ८३ वटा टापुहरूको द्वीपसमूह हो ।