काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् ।
नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् ।
भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।