२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचुनाव: सत्तारूढ नेकपादेखि विवेकशीलसम्मलाई पुनः दल दर्ता गर्न आह्वान



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आउँदो मंसिर १४ गते हुने पालिका, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौभरमा दल दर्ता गर्न आह्वान गरेको हो ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्दैन ।

ती चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित लडेकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गनुपर्ने भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र निर्वाचनपछि एकीकृत भएर नेकपा बनेको थियो ।

नेकपा एकीकरणसँगै निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनावी प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने नेकपा निर्वाचन विभागका उपप्रमुख खिमलाल देवकोटाले बताए ।नेकपाको चुनाव चिह्न भने सूर्य नै हुने बताइएको छ ।

त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले पनि पुनः दल दर्ता गर्नुपर्नेछ । ०७४ को निर्वाचनपछि यी दल एकीकृत बनेकाले पुनः दल दर्ता गर्नुपर्ने भएको हो ।यसबीचमा एकीकरण भएका राप्रपा संयुक्तले पनि पुनः दल दर्ता गराउनुपर्नेछ । त्यस्तै यसबीचमा बिभाजन भएका तत्कालीन साझा पार्टी र विवेकशील पार्टीले पनि उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ ।

अरु इच्छुक दलले दलको विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना, दल दर्ताका लागि केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदनसहित तोकिएको समयभित्र दल दर्ता गर्न आयोगले भनेको छ ।

विभिन्न कारणले खाली भएका प्रतिनिधिसभाको एक, प्रदेशसभा साँसदका तीन, उपमहानगरपालिकाको मेयरको एक र गाउँपालिका अध्यक्ष तीन उपाध्यक्ष एक र पालिकाहरुका वडाध्यक्ष ४१ जनाका लागि चुनाव हुँदैछ ।