१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सब्रिज बास्केटबलमा ४० टिम



अ+ अ-

काठमाडौं : अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा बेचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । एक्सेल ग्लोबल सर्मिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित आयोजक अक्सब्रिजकै कोर्टमा हुने छ ।

पत्रकार सम्मेलनमा अक्सब्रिजका प्रशासन प्रमुख विश्वासराज बाँस्तोला र प्रतियोगिता संयोजक विमल कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराएका थिए ।