१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार सरकारले पान मसालामा समेत प्रतिबन्ध लगायो, सरकारलाई ठूलो घाटा हुने आकंलन



अ+ अ-

काठमाडौं । बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ।हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ।

शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ।जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन।

सरकारी स्वास्थ्य निकायले रजनीगन्धा, राज निवास, सुप्रिम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसंद, मधु पान मसाला आदिलाई प्रतिबन्ध समेत लगाएको छ ।

यी सबै पान मसालामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएको थियो।

बिहार च्याम्बर अफ कमर्शका अध्यक्ष पीके अग्रवाल भन्छन्, “मदिराको प्रतिबन्धले सामाजिक अवस्थामा परिवर्तन त आएको छ तर सरकारलाई राजस्वमा हानी हुनुका साथै यसले अरू नै धन्दा फष्टाएको पनि छ।”

यो फैसलाको प्रभाव कहाँ र कसरी हुन्छ यो भविष्यले देखाउनेछ तर सुन्दा यो पहल उपयोगी छैन किनभने बिहारमा कुनै पान मसाला कम्पनी छँदै छैन।सरकारले सोचेरै यो काम गरेको होला, र सामाजिक उत्थानमा केन्द्रित होला।

बिहारमा पान मसालाहरूको सोखिन मानिसहरूको सङ्ख्या निकै धेरै छ। सरकारलाई यसबाट घाटा हुनेछ। यस्तो व्यवस्था पहिले पनि भएको थियो। तर लत बसेकाहरूले जसरी पनि त्यसको व्यवस्था गर्ने गर्छन्।