१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा छुरासहित प्रवेश गर्ने युवा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । भारतको संसद भवनमा छुरासहित प्रवेश गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेट नम्बर १ ‘भीआइपी’ बाट प्रवेश गर्न खोजेका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी छुरासहित संसद भवनमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेको भनिए पनि उनको उद्देश्यका बारेमा प्रहरीले केही बताएको छैन । प्रहरीले ती युवकसँग सोधपुछ भइरहेको बताएको छ । संसद भवनस्थित प्रहरी स्टेशनमा राखेर उनीसँग सोधपुछ भइरहेको छ ।