१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्नुहोस्: शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुसँग सम्वाद थाल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । एमबीबीएसको प्रवेश परीक्षा शुल्क लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयमा ताला लगाएका छन् ।

आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ । परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका छन् ।

उनले काठमाडौं विश्वविद्यालयलाई पनि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न निर्देशन दिएका छन् । उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत भनेका छन् ।