७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा दुई पुरुषको शव फेला



अ+ अ-

चितवन । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।