१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्वारा तीजको शुभकामना



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दू नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तीजका अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ सभ्यता, संस्कृति र कलामा प्रसिद्ध रहेको उल्लेख गरेका छन् । सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई हर्षोल्लासपूर्वक तीज मनाउन अनुरोध गरेका छन् ।

उनले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्, “सभ्यता, संस्कृति र कलामा सयौँ वर्ष अगाडिदेखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा छन्, बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।”

हरितालिका तीज पर्वले हामी सबैमा सांस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।