२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र



अ+ अ-

काठमाडौं । कृष्णभीर पहिरोका कारण अवरुद्ध सडकखण्ड सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा सवारीसाधन आवागमन गराइएको छ।

काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधनलाई पहिरो प्रभावित सडकखण्डबाट सफलतापूर्वक पार गराइएको हो। त्यसैगरी, चितवन–काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको जनाइएको छ।

परीक्षणका क्रममा दुवैतर्फ सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था देखिएसँगै सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने कार्यलाई तीव्रता दिइएको छ। सम्बन्धित निकायले सडक पूर्ण सञ्चालनमा ल्याउन आवश्यक कामलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।