४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३औं साग: जुडोका खेलाडी १८ जना खेलाडी छनोट



अ+ अ-

काठमाडौं। यसै वर्ष नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जुडो खेलका खेलाडीको छनोट भएका छन्। आइतबार भएको अन्तिम छनोट प्रस्पिर्धाबाट ९ पुरुष र ९ महिला गरी १८ जना खेलाडी छनोट भएका हुन्। जम्मा २० खेलाडी छनोट हुनेमा बाँकी दुई खेलाडी अझै छनोट हुने बाँकी रहेको छ।

क्लोज क्याम्पमा छनोट भएका १८ खेलाडीसँगै कूल २८ खेलाडीको सहभागिता हुनेछन्। छनोट हुनेमा पुरुष खेलाडीहरू ६३ केजीमुनि नेपाल प्रहरीका उमेश मगर, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र सुनील नगरकोटी, ७३ केजीमुनि सन्जित डंगोल, ८१ केजीमुनि मनिष महतो, पवनकुमार श्रेष्ठ, ९० केजीमुनि श्रीराम माकाजु, १ सय केजीमुनि रमेशबहादुर चन्द तथा १ सय केजीमाथि राजन जोशी छनोट भएका छन्।

यसैगरी महिलातर्फ ४८ केजीमुनि सोनिया भट्ट, ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ६३ केजीमुनि निर्मला घर्तीमगर, अमिशा राणा, ७० केजीमुनि बिनीता मगर, निशा चौधरी, ७८ केजीमुनि पुनम श्रेष्ठ, ७८ केजीमाथि आकृति जोशी छनोट भएका छन्।