२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३औं साग: जुडोका खेलाडी १८ जना खेलाडी छनोट



अ+ अ-

काठमाडौं। यसै वर्ष नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जुडो खेलका खेलाडीको छनोट भएका छन्। आइतबार भएको अन्तिम छनोट प्रस्पिर्धाबाट ९ पुरुष र ९ महिला गरी १८ जना खेलाडी छनोट भएका हुन्। जम्मा २० खेलाडी छनोट हुनेमा बाँकी दुई खेलाडी अझै छनोट हुने बाँकी रहेको छ।

क्लोज क्याम्पमा छनोट भएका १८ खेलाडीसँगै कूल २८ खेलाडीको सहभागिता हुनेछन्। छनोट हुनेमा पुरुष खेलाडीहरू ६३ केजीमुनि नेपाल प्रहरीका उमेश मगर, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र सुनील नगरकोटी, ७३ केजीमुनि सन्जित डंगोल, ८१ केजीमुनि मनिष महतो, पवनकुमार श्रेष्ठ, ९० केजीमुनि श्रीराम माकाजु, १ सय केजीमुनि रमेशबहादुर चन्द तथा १ सय केजीमाथि राजन जोशी छनोट भएका छन्।

यसैगरी महिलातर्फ ४८ केजीमुनि सोनिया भट्ट, ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ६३ केजीमुनि निर्मला घर्तीमगर, अमिशा राणा, ७० केजीमुनि बिनीता मगर, निशा चौधरी, ७८ केजीमुनि पुनम श्रेष्ठ, ७८ केजीमाथि आकृति जोशी छनोट भएका छन्।