६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी



अ+ अ-

काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी भएका छन् । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल १२ गते चोरी भएको हो । बा२ब ८३०२ नम्बरको सरकारी र बा९प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् ।

चोरी भएको मध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दीनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए । महानगरी प्रहरी प्रभाग सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले मोटरसाइकल चोरी भएको पुष्टि गरे । चोरी भएको सूचना आएपछि यतिबेला अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।

‘१२ गते एक घण्टाको फरमा दुईवटै बाइक चोरी भएको हो, सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टिभी फुटेजबाट देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘फुटेजमा चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लाएको छ, दुबै बाइक चोरी गर्ने एकै व्यक्ति हुनसक्छ ।’