२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माण प्राधिकरणका प्रमुख दक्षिण कोरिया प्रस्थान



अ+ अ-

काठमाडौं । शहरी क्षेत्रको पुनः निर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

विश्व पूर्वाधार सहयोग सम्मेलन ९ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स० मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना,कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उनले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन भदौ १७ र १८ गते हुनेछ ।

सम्मेलनमा विश्वका विभिन्न मुलुकले शहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् । सरकारले काठमाडौँ उपत्यकाभित्रका साँखु, बुङमती र खोकनासहितका ६ वटा बस्तीलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी प्राधिकरणमार्फत बृहत्तर गुरुयोजना तयार पार्दैछ ।

ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनःनिर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही रु तीन लाखका अतिरिक्त थप रु ५० हजार उपलब्ध गराएको छ । भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्ती पहिचान गरिएको छ ।

शहरी योजनाका विज्ञसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ शहर विस्तारबारे पनि प्रस्तुति गर्नेछन् । सम्पदा बस्तीको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

दक्षिण कोरियाको भूमि र विदेश मामिला मन्त्रालयको सहयोगमा इन्टरनेशनल कन्ट्र्याक्टर एसोसिएशन कोरियाले कार्यक्रम आयोजना गरेको हो । ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखाप्रमुख दिव्यराज पोखरेललगायत रहेका छन् । सम्मेलनमा भाग लिई उनी भदौ २० गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।