६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बन्नका लागि ‘पत्रकारिता व्यवसायी परीक्षा’ पास गर्नुपर्ने प्रस्ताव



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका १४ सदस्यले पत्रकार बन्नका लागि ‘पत्रकारिता व्यवसायी परीक्षा’ पास गर्नुपर्ने प्रस्ताव राखेका छन् । जो कोही पत्रकार हुने प्रचलनलाई कुण्ठीत गर्दै उनीहरुले पत्रकार बन्नका लागि परीक्षा पास गर्नुपर्ने भन्दै नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्तव पत्रमा परिक्षका लागि पाठ्यक्रम काउन्सिललेनै तयार गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । यो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेगरी वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्नेका लागि परीक्षा सञ्चालन गर्नेगरी संशोधन गरिनु पर्ने उल्लेख छ । साथै पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने उक्त प्रस्तावमा उल्लेख छ ।

त्यस्तैगरी पत्रकारिता गर्न कुनैपनि पत्रकारले पत्रकारिता विषयमा स्नातक गरेको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख छ ।