६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजात रोकेर मालपोतका कर्मचारीले मागे एक लाख



अ+ अ-

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस रकमसहित पक्राउ गरेको छ।

विशेष उजुरीको आधारमा आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले क्षेत्रीलाई सेवाग्राहीसँग एक लाख घुस बापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय हेटौडाले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग उनले घुस रकम माग गरेको अख्तियारले जनाएको छ।