४ पुष २०८२, शुक्रबार
,
Latest
खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिञ्जा क्षेत्रमा भालु आतङ्क



अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो ।

सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ । बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्ने भएकाले स्थानीयवासीमा त्रास फैलिएको रावतले बताउनुभयो । भालु आतङ्कका कारण साँझ–बिहान हिँडडुुल गर्नसमेत जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्न जानुपर्ने भए पनि भालुको आतङ्कले जान नसकिएको स्थानीयवासी बताउँछन् । रावतका अनुसार केही दिनअघि मात्र भालुले सोही वडाका भीमबहादुर रावतको गोरु, छपी रावतको एउटा गाई, वीरुकुम रावतका दुई गोरु र बलबहादुर रावतका दुई भेँडा भालुले मारेको जयलालले जानकारी दिनुभयो । बारी निकै घना भएकाले यस क्षेत्रमा भालुले वर्षेनी दुःख दिने गरेको छ ।