२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतको फराकिलो जित



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत दुई सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । सोमबार राति सम्पन्न दुई टेस्ट सिरिजमा भारतले २–० ले जित्दै क्लिन स्वीप गरेको हो ।

पहिलो टेस्टमा भारत तीन सय १८ रनले विजयी भएको थियो । यस जितसँगै कप्तान विराट कोहली भारतलाई सर्वाधिक टेस्ट क्रिकेट जिताउने किर्तिमानी कप्तान बनेका छन् ।

चार सय ६८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज ५९.५ ओभरमा २ सय १० रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजमन लागि शमराह ब्रुक्सले सर्वाधिक ५० रन बनाए । कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि मोहम्मद शामी र रवीन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

पहिलो इनिङ्समा हनुमा विहारी एक सय ११ र कप्तान विराट कोहलीले ७६ रन बनाएपछि भारतले चार सय १६ रन बनाएको थियो । जसप्रित बुमराहले ६ विकेट लिएपछि वेस्ट इन्डिज पहिलो इनिङमा एक सय १७ रनमा अल आउट भएको थियो । भारतले पहिलो इनिङमा दुई सय ९९ रनको अग्रता लिएपनि दोस्रो इनिङ्समा एक सय ८६ रनमा चार वकेट गुमाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भारतले अब दक्षिण अफ्रिकासँग तीन वटा टी–२० सिरिज खेल्दैछ ।पहिलो खेल १५ सेप्टेम्बरमा हुनेछ ।