१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतको फराकिलो जित



अ+ अ-

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत दुई सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । सोमबार राति सम्पन्न दुई टेस्ट सिरिजमा भारतले २–० ले जित्दै क्लिन स्वीप गरेको हो ।

पहिलो टेस्टमा भारत तीन सय १८ रनले विजयी भएको थियो । यस जितसँगै कप्तान विराट कोहली भारतलाई सर्वाधिक टेस्ट क्रिकेट जिताउने किर्तिमानी कप्तान बनेका छन् ।

चार सय ६८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज ५९.५ ओभरमा २ सय १० रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजमन लागि शमराह ब्रुक्सले सर्वाधिक ५० रन बनाए । कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि मोहम्मद शामी र रवीन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

पहिलो इनिङ्समा हनुमा विहारी एक सय ११ र कप्तान विराट कोहलीले ७६ रन बनाएपछि भारतले चार सय १६ रन बनाएको थियो । जसप्रित बुमराहले ६ विकेट लिएपछि वेस्ट इन्डिज पहिलो इनिङमा एक सय १७ रनमा अल आउट भएको थियो । भारतले पहिलो इनिङमा दुई सय ९९ रनको अग्रता लिएपनि दोस्रो इनिङ्समा एक सय ८६ रनमा चार वकेट गुमाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भारतले अब दक्षिण अफ्रिकासँग तीन वटा टी–२० सिरिज खेल्दैछ ।पहिलो खेल १५ सेप्टेम्बरमा हुनेछ ।