२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत



अ+ अ-

इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो ।

गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो ।