२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न



अ+ अ-

काठमाडौं । राजविराजमा अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना प्रतिनिधिसभामा उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले बिहीबारको संसद् बैठकमा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै उक्त घटना सार्वजनिक गरेका हुन्।

सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर उनीसँग पर्याप्त पैसा नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि उनले फुटपाथमै बच्चा जन्माउनुपरेको कर्णले बताए।

हरेराम पासवानकी श्रीमती बबितासँग त्यसबेला २ हजार ५ सय रुपैयाँ मात्रै रहेको उनले संसद्मा जानकारी गराए। आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था गम्भीर भएको भन्दै सांसद कर्णले घटनाबारे सरकारसँग जवाफ मागेका छन्।

उनले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै अस्पतालको उक्त व्यवहारबारे आवश्यक छानबिन र जवाफदेहिता कायम गर्न सरकारको ध्यानाकर्षण गराए।