२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रुपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताउनुभएको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा उहाँले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रुपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलासुस्ती नगर्न राष्ट्र सेवक कर्मचारीले जिम्मेवार र पारदर्शी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै उहाँले सेवाग्राहीलाई यथाशीघ्र सेवा उपलब्ध गराउन सुझाव दिनुभयो ।

उहाँले यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्नेे बताउनुभयो । सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप छ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायत अधिकार प्रत्यायोजन गरिने जानकारी दिनुभयो ।

यातायात क्षेत्र प्रदेश सरकारको राजस्व सङ्कलनको एकल अधिकार क्षेत्र भएकाले त्यसमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।