२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघ्यो



अ+ अ-

काठमाडौं । चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ ।चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा १.६ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार पछिल्लो एक वर्षमा चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्यामा २५.९८ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख पुगेको हो ।

तथ्यांक अनुसार ८४ करोड ७० लाख चिनियाँले इन्टरनेट चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्ने गर्दछन् । जुन अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशतले बढी हो ।

चीनमा इन्टरनेट प्रयोगकर्तामध्ये ९९.१ प्रतिशत सँग मोबाइल फोनको पहुँच रहेको छ ।पछिल्लो पाँच वर्षमा चीनमा मोबाइल् ब्रोडव्याण्ड इन्टरनेटको डाउनलोड स्पिडमा ६ गुणाले वृद्धि भएको छ भने मोबाइल इन्टरनेटको शुल्कमा ९० प्रतिशतले कमी आएको सिन्ह्वाले उल्लेख गरेको छ ।