२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा गोली चलाउने ३६ वर्षीय पुरुष



अ+ अ-

काठमाडौं । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ ।

सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।

दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो । प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन ।

उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भने । घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो । सिन्ह्वा