२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा वडाध्यक्ष पदका लागि निर्वाचन हुने



अ+ अ-

चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।वडा नं ४ र ५ को वडाध्यक्ष पद रिक्त रहेकोले त्यहाँ मात्रै निर्वाचन हुनेछ । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा नगरपालिकाको जीपमा सवार वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जिल्लामा कुल १४ पद रिक्त रहे पनि दुई वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको जानकारी दिए । १४ पद मध्ये जिल्ला समन्वय समितिमा चयन भएका वडा सदस्य ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको थिएन ।

निर्वाचन हुने दुई वडाहरुको मतदाता नामावली अद्यावधिक गरेर केन्द्रमा पठाइसकिएको कार्यालयका प्रमुख ढकालले बताए । वडा नं ४ मा २७९७ र वडा नं ५ मा २१७६ मतदाता रहेका छन् ।