४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको परीक्षा लिने कानुन बनाउन राष्ट्रिय सभाका १६ सांसदको माग



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका १६ सदस्यले पत्रकार बन्नका लागि ‘पत्रकारिता व्यवसायी परीक्षा’ पास गर्नुपर्ने प्रस्ताव राखेका छन् । जो कोही पत्रकार हुने प्रचलनलाई कुण्ठीत गर्दै उनीहरुले पत्रकार बन्नका लागि परीक्षा पास गर्नुपर्ने भन्दै नेकपाका १६ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका ठगेन्द्र प्रकाश पुरी मूल संशोधनकर्ता रहेको संशोधनमा अन्य १४ सांसदको समर्थन छ। सांसदहरु शेरबहादुर कुँवर, रामलखन चमार, उदयाशर्मा पौडेल, सिंहबहादुर विश्वकर्मा, खिमकुमार विश्वकर्मा, नन्दा चपाईं, युटोल तमाङ, हरिचरण शिवाकोटी, मिना बुढा, दिलकुमारी रावल, चक्र स्नेही, जीवन बुढा, भैरवसुन्दर श्रेष्ठ र कमलाकुमारी ओलीले परीक्षा प्रणालीको समर्थन गरेका छन्।

त्यस्तै राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौड्यालले पनि प्रेस काउन्सिलले पत्रकारको परीक्षा लिने व्यवस्था राख्न संशोधन दर्ता गराएकी छन्।

उक्त प्रस्तव पत्रमा परिक्षका लागि पाठ्यक्रम काउन्सिललेनै तयार गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । यो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेगरी वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्नेका लागि परीक्षा सञ्चालन गर्नेगरी संशोधन गरिनु पर्ने उल्लेख छ । साथै पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने उक्त प्रस्तावमा उल्लेख छ ।

त्यस्तैगरी पत्रकारिता गर्न कुनैपनि पत्रकारले पत्रकारिता विषयमा स्नातक गरेको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसपछि उनीहरुले पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख छ ।