२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न नेकपाका महासचिव पौडेल सिंगापुर प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।

सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताएका हुन् । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी दिए ।

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।