४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न नेकपाका महासचिव पौडेल सिंगापुर प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।

सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताएका हुन् । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी दिए ।

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।