१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार



अ+ अ-

त्रिपोली । लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट १०० भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुङ्गामा सबार १०८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

उद्धार गरिएकाहरुमा अरब र अफ्रिकी मुलुकका नागरिक रहेका छन् जसमा १३ जना महिला र आठ जना बालबालिका रहेका छन् । प्रवक्ता क्वासमले उद्धार गरिएका आप्रवासीको सामान्य स्वास्थ्य परीक्षण पश्चात् अध्यागमन कार्यालयमा बुझाइएको जानकारी दिए । युरोप प्रवेश गर्न चाहने आप्रवासीले भूमध्यसागर पार गर्न लिबियाको बाटो रोज्ने गरेका छन् ।

निकै जोखिमपूर्ण यस जलक्षेत्रमा परेर बर्सेनि ठूलो संख्यामा आप्रवासीको मृत्यु समेत हुने गरेको छ । राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालयले गत साता लिबियाको पश्चिमी तटीय क्षेत्रमा ४० जना सबार एउटा डुङ्गा दुर्घटना भएको र त्यसमा सबार सबै बेपत्ता भएको जनाएको छ ।