२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु



अ+ अ-

काठमाडौं । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।

दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकामा उपचारका क्रममा निधन भएको थियो । मृतक थान्दार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

त्यसैगरी, धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मङ्गलबार साँझ मोटरसाइकल र सिटी सफारी आपसमा ठोक्किँदा इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ ।उक्त दुर्घटनामा गम्भीर घाइते घिमिरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा हिजै निधन भयो । ती दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।