१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध र जिउँदो सालकसहित पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको बसमा जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैबीच काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामीलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले पक्राउ गरेको छ ।

केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नका लागि लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट करिब रु एक करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले लिइआएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ । 

उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।