४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप केन्द्र भवन निर्माण



अ+ अ-

बेझाड । पाल्पाको रामपुर नगरपालिकामा बाह्य खोपकेन्द्र भवन निर्माण गरिएको छ । खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५/७६ मा रामपुर नगरपालिकाबाट दुई वटा खोपकेन्द्र निर्माणका लागि रु तीन÷तीन लाख रकम विनियोजन भएको थियो ।

सो अन्तर्गत वडा नं ५ को आयुर्वेद औषधालय र वडा नं ९ को अर्बसिङ्मा पक्की भवन निर्माण गरी सेवा सेवा सञ्चालन गरिसकिएको छ । अर्बसिङ्को भवन बनाउन स्थानीय प्रताप सिं दिशाले भवन निर्माणका लागि चार आना जग्गा उपलब्ध गराएपछि नयाँ भवन बनेको हो ।

रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख ८८ हजार र स्थानीयवासीको जनश्रमदानमा भवन निर्माण भएको खोपकेन्द्रका अध्यक्ष एवं वडा अध्यक्ष ईच्छाराम सिञ्जालीले बताए । दुई कोठे पक्की भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने सिञ्जालीले बताए । रामपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका २१ वटा बाह्य खोपकेन्द्रमध्ये तीन वटाको भवन निर्माण सम्पन्न भइसकेको छ ।

यस आर्थिक वर्षमा वडा नं १ र ८ मा दुई वटा भवन निर्माण बन्ने प्रक्रियामा रहेको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए । रामपुर नगरपालिका साविकका गाविस गेझामा तीन, खालिवनमा चार, रामपुरमा छ, दर्छामा चार र गाडाँकोटमा चार वटा बाह्य खोपकेन्द्र सञ्चालनमा छन् ।

भवन अभावमा शहरी क्लिनिक, स्वास्थ्यचौकी, अस्पताल, आमा समूह, क्लबका भवनबाट सेवा दिइँदै आएको छ । रामपुर नगरपालिका–३ स्थित टाँडीमा भने गतवर्ष नै भवन निर्माण गरी सेवा दिइएको छ ।