६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप केन्द्र भवन निर्माण



अ+ अ-

बेझाड । पाल्पाको रामपुर नगरपालिकामा बाह्य खोपकेन्द्र भवन निर्माण गरिएको छ । खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५/७६ मा रामपुर नगरपालिकाबाट दुई वटा खोपकेन्द्र निर्माणका लागि रु तीन÷तीन लाख रकम विनियोजन भएको थियो ।

सो अन्तर्गत वडा नं ५ को आयुर्वेद औषधालय र वडा नं ९ को अर्बसिङ्मा पक्की भवन निर्माण गरी सेवा सेवा सञ्चालन गरिसकिएको छ । अर्बसिङ्को भवन बनाउन स्थानीय प्रताप सिं दिशाले भवन निर्माणका लागि चार आना जग्गा उपलब्ध गराएपछि नयाँ भवन बनेको हो ।

रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख ८८ हजार र स्थानीयवासीको जनश्रमदानमा भवन निर्माण भएको खोपकेन्द्रका अध्यक्ष एवं वडा अध्यक्ष ईच्छाराम सिञ्जालीले बताए । दुई कोठे पक्की भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने सिञ्जालीले बताए । रामपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका २१ वटा बाह्य खोपकेन्द्रमध्ये तीन वटाको भवन निर्माण सम्पन्न भइसकेको छ ।

यस आर्थिक वर्षमा वडा नं १ र ८ मा दुई वटा भवन निर्माण बन्ने प्रक्रियामा रहेको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए । रामपुर नगरपालिका साविकका गाविस गेझामा तीन, खालिवनमा चार, रामपुरमा छ, दर्छामा चार र गाडाँकोटमा चार वटा बाह्य खोपकेन्द्र सञ्चालनमा छन् ।

भवन अभावमा शहरी क्लिनिक, स्वास्थ्यचौकी, अस्पताल, आमा समूह, क्लबका भवनबाट सेवा दिइँदै आएको छ । रामपुर नगरपालिका–३ स्थित टाँडीमा भने गतवर्ष नै भवन निर्माण गरी सेवा दिइएको छ ।