१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिए।

सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानमा गुटगत स्वार्थ हाबी भएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।