२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै



अ+ अ-

तनहुँ। सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका-१४ तथा बन्दीपुर गाउँपालिका-३ र ६ अन्तर्गत पर्ने दमौली-केशवटार-सुखौरा-ढाँडखोला-खहरे-बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ ।

सोही अनुसार सडकको विभिन्न खण्डमा छुट्टाछुट्टै बजेट परिचालन गरी स्तरोन्नतिको काम अघि बढाउने तयारी गरिएको हो ।

विनियोजित रकममध्ये दमौली-केशवटार-सुखौरा खण्डको स्तरोन्नतिका लागि रु १३ करोड र ढाँडखोला-खहरे-बुद्धसिंह सडक खण्डका लागि रु दुई करोड खर्च गर्ने गरी योजना अघि बढाइएको छ । सडक स्तरोन्नतिका लागि आवश्यक लागत अनुमान तयार गरी बोलपत्र प्रक्रिया अघि बढाउन सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, पोखरालाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको उपस्थितिमा बसेको बैठकले सडक स्तरोन्नतिका लागि विनियोजित बजेटलाई प्राथमिकताका आधारमा परिचालन गर्ने निर्णय गरेको हो । व्यास नगरका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले रु १५ करोडमध्ये दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नति गर्ने दुवै पालिकाबीच सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि अब निर्माणको प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउनुपर्ने छ । सम्बन्धित निकायसँग समन्वय गरी समयमै बोलपत्र आह्वान तथा निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

दमौली-केशवटार-सुखौरा-ढाँडखोला-खहरे-बुद्धसिंह मार्गले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका विभिन्न क्षेत्रलाई जोड्छ । ग्रामीण क्षेत्रका बासिन्दाको दैनिक आवागमनसँगै कृषि उत्पादनको ओसारपसार र बजार पहुँचका लागिसमेत यो सडक महत्वपूर्ण मानिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

सडकको स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रबाट दमौली बजारसम्मको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन, कृषि तथा पशुपालन व्यवसाय विस्तार गर्न तथा ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने व्यास-१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो ।

सडकले बन्दीपुर क्षेत्रसँग जोडिने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । सडकको अवस्था सुधार हुँदा पर्यटकीय तथा ग्रामीण गन्तव्यमा पुग्ने यात्रुका लागि सहजता बढ्ने र स्थानीयस्तरमा पर्यटनसम्बन्धी व्यवसाय विस्तारमा सहयोग पुग्ने बन्दीपुर-३ का वडाध्यक्ष परमेश्वर भट्टराईले बताउनुभयो ।