काठमाडौँ। पृथ्वीराजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमवार साँझदेखि सवारी साधनहरू दुवै दिशाबाट निर्वाध रूपमा सञ्चालन हुन थालेका हुन् ।
लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई सहज भएको छ । –न्युज एजेन्सी नेपाल









