२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीका कामदारलाई भुक्तानी दिने तयारी



अ+ अ-

काठमाडौँ । सरकारले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजना निर्माणका क्रममा काम लगाएका कामदारहरूको बाँकी भुक्तानी रकम दिने तयारी गरेको छ । गत पुसमा सीएमसीले आयोजना निर्माणबाट हात झिकेपछि करिब ७ सयभन्दा बढी कामदारले भुक्तानी पाउन सकेका छैनन् ।

मेलम्ची खानेपानी विकास समिति संविधानअनुसार कामदारको श्रमशोषण गर्नुहुन्न भन्ने आधारमा सीएमसीले दिनुपर्ने कामदारहरूको बाँकी तलबभत्ता दिनुपर्ने निष्कर्षमा पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई बताए ।

ती अधिकारीले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर बाँकी तलबभत्ता भुक्तानी दिन्छौं ।’ स्थानीय भेन्डर र सप्लायर्सको हकमा भने सरकारले कुनै पनि निर्णय नगर्ने जानकारी ती अधिकारीले दिए । तर स्थानीय भेन्डर, सप्लायर्स र कामदारले भुक्तानी नदिएसम्म काम अघि बढ्न नदिने भन्दै सिनो हाइड्रोलाई चेतावनी दिँदै आएका छन् । आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा चिनियाँ कम्पनी ‘सिनो हाइड्रो’ ले पाएको छ ।

स्थानीय भेन्डर र सप्लायर्सको भुक्तानी सीएमसीले दिनुपर्ने भन्दै ती अधिकारीले त्यसमा सरकारको कुनै पनि दायित्व नहुने बताए । ‘यसरी सबै ठेक्कामा बीचमै ठेकेदारले काम छोड्दै जाने, अनि सरकारले भुक्तानी दिँदै जाने गर्न सकिँदैन,’ ती अधिकारीले भने, ‘कामदारको हकमा चाहिँ केही गरौं भन्ने हो ।’

श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदार गरी १ हजार २ सयभन्दा बढीले भुक्तानी माग्दै आवेदन दिएको आयोजनाले जनाएको छ । इटालियन ठेकेदार सीएमसीले आफूलाई भुक्तानी नदिएको उनीहरूको दाबी छ । अहिले पनि दैनिक करिब ७/८ जनाले सीएमसीले आफ्नो पैसा दिन बाँकी रहेको दाबी गर्दै निवेदन दिइरहेका छन् ।

सिनो हाइड्रो र सरकारबीच सम्झौता नहुँदै काम गर्न नदिने चेतावनी आउन थालेको जानकारी दिँदै आयोजनाको सुरक्षाका लागि छिटो कदम चाल्नुपर्ने ती अधिकारीले बताए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसमक्ष पनि स्थानीय ठेकेदारले भुक्तानी नदिएसम्म काम गर्न नदिने भन्दै निवेदन दिएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

‘सिनो हाइड्रोको अफिसमा गएर काम गर्न नदिने भन्ने चेतावनी दिएको भन्ने सुनेका छौं,’ उनले भने, ‘त्यो विषयमा त सरकारले केही निर्णय लिन्छ किनभने छिटो पानी ल्याउनु छ, अब ढिलाइ हुँदैन ।’ सुरुङ र हेडवर्क्स लगायतको काम सुरु हुनेबित्तिकै दोस्रो चरणको याङग्री र लार्केको काम पनि अघि बढाइने आयोजनाका प्रमुख सूर्यप्रसाद कँडेलले बताए ।

‘सिनो हाइड्रो र सरकारबीच ठेक्का सम्झौता हुनेबित्तिकै काम अघि बढ्छ,’ उनले भने । स्थानीय भेन्डर, सप्लायर्स र कामदारले काम गर्न नदिने चेतावनी दिए पनि सरकारले त्यसबारे छिट्टै निर्णय लिने उनले बताए । ‘जायज माग मात्र सम्बोधन हुन्छन्,’ उनले भने, ‘पूरा गर्न नसकिने माग सुन्न आवश्यक छैन ।’

स्थानीय ठेकेदार, सप्लायर्स र श्रमिकले १ अर्ब ६० करोडभन्दा बढी रुपैयाँ भुक्तानी दाबी गरेको उनले बताए । यसअघि सुरुङ निर्माणको काम अघि नबढेसम्म एसियाली विकास बैंकले याङग्री र लार्केको सुरुङ निर्माणमा सहयोग नगर्ने जनाएको थियो । ‘अब याङग्री र लार्केको काम पनि अघि बढ्छ,’ उनले भने ।’

परामर्शदाता कम्पनी इप्टिसाले याङग्री र लार्केको आयोजना विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० बुझाइसकेको प्रमुख कँडेलले जानकारी दिए । ३ सय ६० रोपनीभन्दा बढीलाई मुआब्जा दिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि पनि करिब १५र१६ करोड रुपैयाँ निर्धारण भइसकेकोजानकारी दिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।