२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग



अ+ अ-

काठमाडौं । चिनियाँ उद्यमी संघ नेपालले बाढीपहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि ४५ लाख ५३ हजार ६ सय ७० रुपैयाँ सहयोग गरेको छ।

संघका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेका चिनियाँ उद्यमी तथा व्यवसायीहरूको तर्फबाट विपद्मा परेका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संघले जनाएको छ।

संघले विपद्का कारण प्रभावित परिवारको पीडामा सहयोग रकमले केही राहत पुग्ने अपेक्षा व्यक्त गरेको छ। साथै, यस्तो सहयोगले नेपाल र चीनबीचको मित्रता, सहकार्य तथा आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।