२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग



फाइल फोटो
अ+ अ-

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ ।

परिषद्ले यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा गएको टोलीले उत्तरगया गाउँपालिका–१ र २ का १२० घरधुरीलाई स्थानीय सरकारको समन्वयमा उक्त राहत सामग्री वितरण गरेको हो । अध्यक्ष डङ्गोलले प्रभावित परिवारलाई तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताउनुभयो ।

परिषद्ले १२५ बोरा चामल, १५० किलोग्राम दाल, १०० लिटर तेल, १७५ किलोग्राम नुन, ५० किलोग्राम सोयाबिन, ७५ किलोग्राम चिउरा सहयोग गरेको छ । यस्तै, खाद्यान्नमा चाउचाउ, बिस्कुट तथा जुस सहयोग गरेको हो । यसैगरी, लत्ताकपडामा ३७० थान तयारी पोसाक (टिसर्ट, पाइन्ट, ज्याकेट, साडी), २०० जोर जुत्ता र २०० जोर चप्पल, ५२ थान सिरक, १६ थान डसना, २० थान ब्ल्याङ्केट र ८५ थान सिरानी सहयोग गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो ।

यस्तै, भान्छाका सामाग्रीमा १०० थान थाल, १०० थान गिलास, प्रेसर कुकर, कराई र चम्चा रहेका छन् भने स्वास्थ्य तथा सरसफाइका सामग्रीमा जीवनजल, औषधि, ब्यान्डेज, स्यानिटरी प्याड र ट्वाइलेट पेपर रहेको छ ।

पर्यटन क्षेत्रको अग्रणी संस्था ठमेल पर्यटन विकास परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिको समयमा सधैँ सहयोग गर्दै आएको र यसपटक पनि रसुवाका पीडितको घाउमा मलम लगाउने प्रयास गरेको जनाएको छ ।