२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।

चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले न्वागीलाई बागमती प्रदेशको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्नुभएको छ । चेपाङ समुदायले न्वागी मनाउँदा उनीहरूको विशिष्ट सांस्कृतिक पहिचान स्थापित हुनाका साथै परम्परागत मूल्य र मान्यताले महत्व पाएको उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको मुलुक भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले न्वागी पर्वले समाजमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समुन्नत समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री थापाले न्वागीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण चेपाङ समुदायमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।