२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खुङ्खार अपराधी’ समूहका सत्यराज योगीलाई प्रहरीले गोली हान्यो



अ+ अ-

काठमाडौं । ‘खुङ्खार अपराधी’ फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार दासलाई नियन्त्रणमा लिन एक राउण्ड गोली खर्च भएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ । गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।