६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक: के हुँदैछ ? (लाइभ)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा वन तथा वातावरण मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको छ ।


त्यस्तै प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । अर्थ समितिका मा० सभापति श्री कृष्णप्रसाद दाहालले “राजश्व चुहावट (अनुसन्धान र नियन्त्रण) (पहिलोसंशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री मातृकाप्रसाद यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।