काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्।
गृहमन्त्री गुरुङलाई अत्यधिक ज्वरो आउनुका साथै शरीरभरि दाबर देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो। हाल चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धार कार्यको अनुगमन र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ निरन्तर फिल्डमा खटिँदै आएका थिए। लगातारको व्यस्तता र दिनरातको खटाइपछि उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।
अस्पतालमा चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको छ। यद्यपि उनको स्वास्थ्य समस्या र उपचारबारे थप विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।







