६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरद ऋतुमा २४ टोलीका २ सय ३० जनाले लिए आरोहण अनुमति



अ+ अ-

काठमाडौं । हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कूल २४ टोलीका २ सय ३० जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका १ सय ९४ आरोही छन् ।

मनास्लुपछि द्यौलागिरी हिमाल चढ्न आरोही इच्छुक देखिएका छन् । विभागको तथ्यांक अनुसार द्यौलागिरीमा एउटा मात्र टोलीले अनुमति लिए पनि त्यसमा १५ जना सदस्य रहने छन् ।

माउन्ट ल्होत्से र आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । मकालु हिमाल आरोहण गर्न एक समूहमा ४ सदस्यले अनुमति लिएको विभागले उल्लेख गरेको छ । मनास्ली हिमाल चढ्न एक समूहमा तीन सदस्यले अनुमति प्राप्त भएका छन् ।

मंगलबारसम्म कूल ६ वटा हिमालका लागि मात्र अनुमती जारी भएको छ । यस अवधिमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सरकारले २ करोड ४० लाख रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।सगरमाथा आरोहणमा वसन्तु ऋतुमा सरकारले ११ हजार डलर लिने गरेकामा शरद ऋतुमा भने मात्र ५५ सय डलर लिने गरेको छ ।