२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह



अ+ अ-

बागमती। जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भइरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्गअन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जारी गर्नुुभएको सूचनामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा केही व्यवसायीबाट नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको बेवास्ता गर्दै यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउन चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्डविपरीत तथा अखाद्य र अस्वस्थ खानेकुरा बिक्रीवितरण गर्नेलगायत गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्किने, साना यात्रुवाहक सवारीसाधन भीमफेदी–कुलेखानीको बाटो काठमाडौँ आवतजावत गर्ने व्यवस्था मिलाएको छ ।

व्यवसायी/विक्रेतालाई त्यस्तो नगर्नुहुन तथा त्यस्तो गतिविधि गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गरिने उल्लेख गर्दै प्रशासकीय अधिकृत सुवेदीले यात्रु तथा उपभोक्ताले पनि विल/रसिद लिएर मात्र भुक्तानी गर्ने, मूल्य सूची जाँच गर्ने र अनियमितता/कैफियत देखिएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि सबैमा अनुरोध गर्नुभयो ।  रासस