१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २९३ पुगेको छ । बाढी प्रभावित विभिन्न जिल्लाबाट आज अपराह्नसम्म १ हजार २९३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ शव फेला परेका छन् । भारतमा फेला परेको तथा नवलपरासी पश्चिममा बुझाइएको १८ शवसमेत गरी कुल संख्या १ हजार २९३ पुगेको हो ।

बाढीमा घाइते भएकामध्ये उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । एक जनाको शिक्षण अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३० शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिङ्ग नखुलेको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीले अझै बेपत्ता रहेका ४ हजार ८९८ जनाको खोजी गरिरहेको जनाएको छ ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।