१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव  यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ ।  

सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।

कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल  निर्माण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवमा करिब २०० प्रदर्शनी  कक्ष रहने छ ।  महोत्सवको तयारीसँगै स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा माइकिङ गर्नेदेखि ब्यानर, स्वागतद्वार निर्माणसहितका काम अगाडि बढाइएको छ ।

यसैबीच महोत्सवमा आकर्षणका रुपमा प्याराग्लाडिङ राखिने भएको छ । प्याराग्लाइडिङ गर्न इच्छुक व्यक्तिलाई कावासोतीको बालुवा डाँडामा लगेर प्याराग्लाइडिङ गराइनेछ । केही समय अगाडि सफल परीक्षण गरिएको प्याराग्लाइडिङ कावासोतीको बालुवा डाँडाबाट हात्तीखोरसम्म गराइनेछ ।
    
बालुवा डाँडाबाट गराइने प्याराग्लाइडिङमा एक जना व्यक्तिले करिब २५ मिनेट समय बिताउने बताइएको छ । दैनिक १० देखि ३५ वटासम्म प्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि पाँच जना पाइलटसमेत निश्चित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम छन् ।

जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खाना महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने आयोजक जनाएको छ । जनजातिको खाना तथा संस्कृति संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो । रासस