१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ।  गत भदौ १० गते बुधवार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ ।

बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका नागरिक, संकलन गरिएका शव तथा राहत एवं उद्धार सामग्रीहरू हाल धुन्चेस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएको छ ।

विपद्पश्चात नेपाली सेनाले प्रभावित क्षेत्रहरूमा तिब्र रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ । बाढीका कारण प्रभावित भएका विभिन्न स्थानबाट मानिसहरूको उद्धार गर्ने र संकलित शवहरूको व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

साथै, पीडितहरूका लागि आवश्यक उद्धार सामग्रीहरू पनि सोही क्याम्पमा संकलन गरी वितरणको तयारी भइरहेको छ । बाढीले पु¥याएको क्षतिको थप विवरण संकलन गर्ने क्रम जारी रहेको छ ।

हालसम्म बाढीमा परी निधन भएका १ हजार बढी शवहरु फेला परेका छन् । करिव ४ हजार मानिस सम्पर्कबिहीन भएका छन् । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान,न्युज एजेन्सी नेपाल